भुजुङ हाइड्रोपावरले ५ करोड ८५ लाखको आइपीओ जारी गर्ने

१३ असाेज, काठमाडाैं । भुजुङ हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५ लाख ८५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

हाल भुजुङ हाइड्रोपावर लिमिटेडको अधिकृत पूँजी ५० करोड रूपैयाँ, जारी पूँजी ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी ३२ करोड ७२ लाख रूपैयाँ रहेको छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ ।

आयोजनाको कुल लागत ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५% अर्थात ५ करोड ८५ लाखको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।



मल्टिमिडिया ग्यालरी

nepalNewsPolitic
Comments (0)
Add Comment