शुक्र अस्त के हो ? यो बेला के गर्नु हुन्छ ?के गर्नु हुँदैन?

१३ असाेज, काठमाडाै । मिति २०७९ साल आश्विन १३ गते विहिबार राती ५ : ११ बजे देखि पूर्वमा अस्त भएर २०७९ मंसिर ६ गते मंगलबार राती १ : १९ बजे पश्चिममा उदय हुने भएकोले यो हामीले गरिने नियमित पूजा, पाठ दशैं टिका,तिहार,तुलसी हवन अनवरत रुपमा गर्नु हुन्छ। अरु बिशेष कार्य जस्तो बिबाह ,सप्ताह, नवाह ,लाख बत्ति प्रज्वलन ,उत्सव आदि कार्य भने गर्नु हुँदैन। नित्यकर्म ,{पूजा ,पाठ ,जप ,हवन ,तर्पण ,नित्य दान आदि }नैमित्तिक कर्म {न्वारन ,पास्नी ,श्राद्ध ,मासिक आदि गर्नु हुन्छ भने काम्यकर्म {बिबाह ,सप्ताह, नवाह ,लाख बत्ति प्रज्वलन ,उत्सव आदि } गर्नु हुँदैन।

विशेषतःहिन्दु धर्म अनुसार देवताका गुरु बृहस्पति हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ ।साथै घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै शुक्र अस्त भन्ने गरिन्छ । ज्योतिषीय मान्यता अनुसार शुक्र अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म पनि विभिन्न धार्मिक क्रियाकलाप गर्नुहुँदैन ।

धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् ।नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् ।नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् ।प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् ।वृहस्पति र शुक्र अस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन,पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जान , देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि मिल्दैन । साथै बगैँचा कुवाको निर्माण, गृहारम्भ, चांद्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन , विद्यारम्भ संस्कार, कहिल्लै नगरिएको देवताको दर्शन, अग्नि होत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, संन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।शुक्रको दशा चलिरहेका व्यक्तिलाई शुक्रले जुन फल जति प्रदान गर्नु पर्ने हो सो प्राप्त नहुन सक्ने स्थिति पनि रहन्छ ।अस्त भएको वेलामा शुक्र निर्वल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ ।कुवा, वगैँचा, गृहारम्भ,गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान,सोम यज्ञ, अष्टका श्राद्ध, गोदान(केशान्तककर्म), नवान्न भक्षण,प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाकका संस्कार, देवताको प्रतिष्ठा,दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह,मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य बताईएको छ।

यसैगरी गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ।
न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।। (वायुपुराण)
अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्रा वाहेक अन्य यात्रा नगर्नू भनिएको छ ।
प्रमादवश गरेमा अनिष्टफल भोग्नु पर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ ।
यसैगरी नित्य कर्म अन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिदै आएका व्रत उपासना पनि रोकिदैनन् ।यसैगरी नैमित्तिक कर्म अन्तर्गत अाईपर्ने नामाकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ ।शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment