घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

१२ असाेज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दलले तयार पार्ने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको हो।

आयोगले मानव अधिकारको सम्मान, संरक्षण तथा त्यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्ने राज्यको दायित्वलाई कार्यान्वयन गर्न निर्वाचनको माध्यमबाट सरकारमा सहभागी हुने राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भएको भन्दै घोषणापत्रमा पनि मानव अधिरकारका विषय समेट्न अनुरोध गरेको हो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment