पाकिस्तानमा मनसुनी वर्षा र बाढीका कारण १६ हजार बढीको मृत्यु

११ असाेज, काठमाडौं । पाकिस्तानमा यसवर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १६ हजार ३८ पुगेको छ।

यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सोमबार राति जनाएको छ।

एनडीएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीसम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ८८ बालबालिका र तीन सय ३२ महिला रहेका छन्।

देशको दक्षिणी प्रान्त सिन्ध यस प्रकोपबाट सबैभन्दा प्रभावित भएको जनाइएको छ। सिन्ध प्रान्तमा यस प्रकोपमा परी सात सय ४७ जनाको मृत्यु भएको छ।

त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा क्रमशः ३२३ र ३०६ जनाको मृत्यु भएको छ। यसबाहेक, पाकिस्तानका विभिन्न भागमा २० लाख ४९ हजार पाँच सय ३२ घर ध्वस्त भएका छन्। ११ लाख २० हजार दुई सय ६१ पशुधनको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ।

बाढीबाट करिब तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस र ८४ जिल्ला प्रभावित भएका छन्। यसवर्ष जारी रहेको यस प्रकोपमा परी १३ हजार ७४ किलोमिटर लामो सडक र चार सय १० पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNews
Comments (0)
Add Comment