गैंडाको खागसहित गोंगबु बसपार्कबाट दुई जना पक्राउ

०९ असाेज, काठमाडौं । गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन्।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको हो।

टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा एक जना महिला र एक जना पुरुष छन्। उनीहरुमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment