बाह्र अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

०९ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

सोमबार घटस्थापनको सार्वजनिक विदा भएकाले आइतबार नै सो ट्रेजरी बिल बोलकबोल हुन लागेको हो । मंगलबार जारी हुने सो ट्रेजरी बिलका लागि बैंक तथा वित्तीय संस्थाहरु र सर्वसाधारण नागरिक समेतले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले ९ अर्ब १० करोड रुपैयाँको ९१ दिने र ३ अर्ब रुपैयाँको १८२ दिने ट्रेजरी जारी गर्न लागेको हो । ९१ दिने ट्रेजरी २०७९ पुस १२ गते र १८२ दिने ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNepal Rastriya BankPolitic
Comments (0)
Add Comment