युरोपलाई कोरोनाको नयाँ लहरका लागि तयार रहन आग्रह

०५ असाेज, एजेन्सी । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले युरोपमा कोभिड–१९ को नयाँ लहर आउन सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ ।

सो एजेन्सीले कोभिड–१९ को महामारी पूर्ण रूपमा टरेको नभई अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्काे लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो ।

मंगलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरूमा अहिले महामारी कम भएको देखिएको भन्दै महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको जनाएको हो । युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, यहाँका देशहरूमा अहिले कोभिडको संक्रमण घटेको पाइएको छ । युरोपियन देशहरूले आगामी दिनमा यो महामारीको अर्काे लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरूको तयारीमा लाग्नुपर्छ ।”

उनले युरोपमा आउँदो शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताएका छन् । उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिड–१९ को महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए ।

उनले पहिलेका वर्षहरूका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिड–१९ का नयाँ प्रजातिहरूको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment