नयाँ स्टक एक्सचेन्जमा विवाद

नियमावली संशोधनको विवरण ७ दिनभित्र पठाउन अर्थ मन्त्रायलाई निर्देशन

०५ असाेज, काठमाडौं । चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ ।

४ मसिंरमा निर्वाचनको मिति घोषणा भइसकेको सर्न्दभमा प्रतिनिधि सभाको समय शनिबार रातिदेखि विघटन भएको भएपनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी र घितोपत्र बजारको नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत विवरण पठाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक बसेर छलफल गर्न सम्भव नभए पनि आवश्यक विवरण संकलन गर्ने र संसदीय चुनावपछि आउने नयाँ प्रतिनिधि सभाको अर्थ समितिले यसमा थप छलफल गर्ने समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

प्रतिनिधि सभा अन्तर्गतको समितिको ३१ भदौको निर्णय अनुसार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई बोधार्थसहित पत्र एक्सचेञ्जलाई बोधार्थसहित पत्र काटेको पनि उनले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment