महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, इतिहास रच्नबाट चुक्यो नेपाल

०३ भदाै, काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ गोलले हराउँदै बंगलादेशले उपाधि उचालेको हो ।

खेलको १२ औँ मिनेटमा शामसुनाहरले गरेको गोलबाट बंगलादेशले अग्रता बनाएको थियो । खेलको ४३ औँ मिनेटमा श्रीमोती कृष्णरानी गोल गरेर अग्रता दोब्बर बनाइन् ।

दोस्रो हाफको ७० औँ मिनेटमा नेपालबाट एकमात्र गो अनिता बस्नेतले गरेकी थिइन् ।

हारसँगै नेपाल इतिहास रच्ने मौकाबाट चुकेको छ ।

नेपाल सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै फाइनलमा पुगेको थियो । बंगलादेशले पनि भारतलाई हराएर फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, बंगलादेशले भारतलाई समूह चरणमा हराएको हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusnepalPolitic
Comments (0)
Add Comment