ब्याजदर बढ्ने त्रासले सेयर बजारमा पहिरो, कारोबार भने बढ्यो

३० भदाै, काठमाडाैं । बैंकहरुले आगामी महिनाबाट बैंक ब्याजदर बढाउने भएपछि सेयर बजारमा त्यसको नकारात्मक असर परेको छ ।

बैंकरहरुले निक्षेपमा दिने ब्याजदरको भद्र सहमतीलाई खुला छोड्न नयाँ भद्र सहमती गरेपछि बिहीबार नेप्से सूचक ५७ अंकले ओरालो लागेको छ । अघिल्लो दिन नेप्से सूचक ४७.४४ अंकले बढेको थियो ।

बिहीबार बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा ११.०३ प्रतिशत भन्दा धेरै ब्याजदर नदिने यसअघिको भद्र सहमतीलाई खुला छोड्ने निर्णय गरेको थियो । बैंकहरुले निक्षेपमा ब्याजदर बढाउने भएपछि सेयर बजार ओरालो लागेको हो।

बिहीबार नेप्से सूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा झरेको छ । नेप्से सूचक आरोलो लागेपनि कारोबार रकममा भने सुधार आएको छ । यसदिन २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।

बुधबार २२७ कम्पनीका ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४५ करोड ३८ लाख २४ हजार राबरमा किनबेच भएको थियो ।

यसदिन कारोबारमा आएका सबै समूह ओरालो लागेका छन ।

यसदिन एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा लक्ष्मी बैंकको सबैभन्दा बढी २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।



मल्टिमिडिया ग्यालरी

NewsPolitic
Comments (0)
Add Comment