सेयर बजार वृद्धिमा निरन्तरता, नेप्से २१३१ अंकमा

९ जेठ, काठमाडौं । ५ कारोबार दिनदेखि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । बुधबार बजारको परिसूचक नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको भयो । नेप्से बढे पनि अधिकांश १६१ कम्पनीको मूल्य घट्यो । ८१ को बढ्यो भने ५ कम्पनी स्थिर रहे ।

बैंकिङ समूह नै सबैभन्दा धेरै ४.२३ प्रतिशत बढेको छ । बैंकिङका अलवा विकास बैंक ०.३३, होटल तथा पर्यटन १.९० प्रतिशत बढे । ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन बीमा ०.५९, हाइड्रोपावर ०.८८ र फाइनान्स समूह १.३४ प्रतिशत घटे ।

सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । एनएमबी बैंकको ८.४, कृषि विकासको ७ तथा नबिल बैंकको ६.८८ प्रतिशत मूल्य बढ्यो । मानुषी लघुवित्तको ८, मध्यभोटेकोशीको ६.६, समाज लघुवित्तको ५.३, पिपुल्स पावरको ४.८, रिभरफल्स पावरको ४.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेरुडे मिर्मिरे लघुवित्त, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, फस्र्ट माइक्रोफाइनान्स र नबिल बैंक क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment