निशुल्क आधारभूत कम्प्यूटर क्षमता वृद्बि विकास प्रशिक्षण तथा तालिम कार्यक्रम सम्पन्न

३० भदाै, खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका -९ सल्ले स्थित श्री दुधकाेशी महिला विकास बहुउद्बेश्यीय सहकारी संस्था लि. द्बारा सञ्चालित ३ महिने आधारभूत कम्प्यूटर क्षमता वृद्धि विकास प्रशिक्षण तथा तालिम कार्यक्रम सम्पन्न भएकाे छ ।

महिलाहरुकाे आधारभूत प्रयाेगात्मक क्षमता वृद्धि विकास गर्नका निम्ति याे कार्यक्रमआयाेजना गरिएकाे सहकारीका अध्यक्ष सुनसरी राईले डिजिटल खबरलाई बताउनु भयाे ।

अहिलेकाे २१ औँ शताब्दीमा प्रयाेगात्मक शिक्षा अत्यन्त महत्वपूर्ण भएकाेले महिला दिदी बहिनीहरुलाई निशुल्क आधारभूत कम्प्यूटर प्रयाेगात्मक प्रशिक्षण तालिम गराइएकाे अध्यक्ष राईले बताउनु भयाे । आजकाे समयमा विश्वकाे जुनसुकै ठाउँमा प्रयाेगात्मक शिक्षाकाे महत्वपूर्ण भुमिका छ ।

नेपालमा पनि पछिल्लाे समयमा प्रयाेगात्मक शिक्षालाई विशेष प्राथमिक्ता दिएकाे पाइन्छ । जसअर्तगत विशेष गरि अहिले ग्रामिण भेगमा यस्ता किसिमकाे प्रशिक्षण तथा तालिम दिन थालिएकाे छ । महिने तालिममा करिव ४४ जना प्रशिक्षार्थीकाे सहभागितामा गराइएकाे थियाे ।

यस आधारभूत कम्प्यूटर क्षमता वृद्बि विकास प्रशिक्षण तालिम कार्यक्रमा प्रशिक्षककाे रुपमा सराेज (चाम्लिङ) राईले काम गर्नु भएकाे थियाे । भाद्र २६ गते यस आधारभूत कम्प्यूटर तालिमकाे समापन तथा प्रमाणपत्र बितरण गरि कार्यक्रम सम्पन्न गरि सकिएकाे छ ।



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusCovid-19digital khabarhealthkhotangLockdownnabil bankNabil Gen AlphanepalNewsPolitic
Comments (0)
Add Comment