कुशेऔंसीकाे अबसरमा गोकर्णेश्वर मन्दिर परिसरमा सम्पुर्ण तयारी पुरा (फाेटाेफिचर)

१० भदाै, काठमाडौं । कुशेऔंसीकाे अबसरमा गोकर्णेश्वर मन्दिर परिसरमा सम्पुर्ण तयारी पुरा भएकाे छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व भाेलि वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् ।

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्ययनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो ।

तस्विर : प्रदिप कुमार श्रेष्ठ



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment