कुशको महिमा र पितृदेवो भव:पिता {बाबु }लाई सम्मान दिवसको महत्व कस्तो रहेको छ!

०९ भदाै, काठमाडौं । मिति २०७९ साल भाद्र १० गते शुक्रबार बिहान ११ / ५१ बजे देखी भाद्रकृष्णपक्ष औंसी तिथी आरम्भ भएको हुनाले यो दिन पितृहरूको श्राद्ध गर्नु पर्दछ।साथै ११ गते शनिबार अपरान्ह : १ / १३ बजेसम्म औंसी तिथी त्यस उप्रान्त भाद्रशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन स्नान दानका लागि र यसै दिन कुशेऔंसी हो ।पिताको मुखहेर्ने दिन वैदिक हिन्दु परम्परा अनुसार कुशेऔंसी हो।यो दिन वैदिक हिन्दु धर्मालम्वीहरुले सर्वप्रथम गंगामागई मन्त्र {मननात् त्रायते यत् तत् मन्त्रम्}अर्थात् जसको मनन गर्नाले रक्षा हुन्छ त्यहिनै मन्त्र हो।यो पढेर माटोले {अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे !मृत्तिके हन मे पापं दुष्कृतं कृतम्।}अर्थात् घोडाको टापको ,हात्तिको पाइलाको ,रथमुनिको धुलो ,तुलशिमोठको ,दोवाटो ,चौवाटोको माटोले मैले स्नान गर्दैछु हे मृत्तिके{हे माटो } मेरो दुष्कृत {नराम्रो }पापहरु सवै हटाई दिनुहोस भनि शरीरमा दलेर स्नान गर्नु पर्दछ। त्यसपछि पवित्र धारण गरि टिका ग्रहण गरेर आफ्नो जप गरिसकेर भगवानको नित्यपूजा गर्नुपर्दछ। त्यसपछि कुशको महिमा बुझी पुर्व वा उत्तर मुख फर्केर दक्षिणतिर ढल्केको कुश “हुँफट् स्वाहा “भन्ने मन्त्र पढेर र अर्को यो मन्त्र पढ्दै ,

“विरिच्चना सहोत्पन्न परमेष्ठी निसर्गत, नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव।

अर्थात् ब्रह्माका साथ जन्मेर ब्रह्माबाटै पवित्रता पाएका हे कुश !हाम्रो सम्पूर्ण पाप नाश गर ,पाप नाशगरी हाम्रो कल्याण कुश हे !गर ,यज्ञ वार्षिकका हाम्रा सबैमा पूर्णता भर भनी कुश सुधार्नु {काट्नु }पर्दछ।पूजाआरतिगरि ढोग्नु पर्दछ।अव कुशको उत्पत्ति कसरि भयोभन्दा बुझ्नु पर्दछ। सर्वप्रथम” कु”भनेको पृथ्बी हो ,”श ” भनेको सुत्नु हो। अर्थात् जसमा पृथ्बी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ। पहिला हिरण्याक्ष नाम गरेको दैत्यले पृथ्वीलाई लिएर समुन्द्रमा गयो। त्यसपछि देविदेवतहरुको आग्रहलाई मानेर भगवान श्रीहरिले बराह अवतारलिइ समुन्द्रमा गएर हिरण्याक्ष दैत्यलाई उद्धारगरि समुन्द्रमा डुवेको पृथ्वीमाता आफ्नो दारमा राखेर ल्याउनु भयो। त्यसकारण भगवान वराह त्यो दैत्यलाई उद्धारगरि उग्रभएर काम्न थाल्नु भयो अनि काम्दा वराह भगवानको शरीरवाट रौँ पृथ्वीमा खस्यो त्यहि रौँवाट कुशको उत्पत्ति भएको हो। त्यसैले भगवान नारायण {‘नार’भनेको पानी,’अयन ‘भनेको निवासस्थान हो।जसले पानीमा घर बनाएर बस्छ त्यसलाई नारायण भनिन्छ।} गरुडलाई भन्नुहुन्छ

“दर्भा विभुतिर्मे तार्क्ष्य ! मम रोमसमुद्भवा : /अतस्तत् स्पर्शनादेव स्वर्गं गच्छन्ति मानवा :”//

अर्थात् हे गरुड मेरो रौँ – रौँवाट उत्पन्न भएको यो कुश मेरो विभूति हो। त्यसैले कुशको स्पर्श {छुनु }मात्रले पनि मानिस स्वर्ग जान्छन्।त्यस कारणले यो दिन कुशलाई समात्नु पर्दछ र कुशको वरिपरि शिरले ढोगीदिनु पर्दछ। किनकि कुशको वरिपरि पनि देवताहरु बस्नुहुन्छ।”

कुशमूले स्थितो ब्रह्मा कुशमध्ये जनार्दन : / कुशाग्रे शंकरोदेवास्त्रयो देवा :कुशे स्थिता :”//

अर्थात् कुशको मुलमा ब्रह्मा ,माझमा विष्णु र टुप्पामा शिवजी विराजमान हुनुहुन्छ। त्यतिमात्र नभएर “दर्भो य उग्र औषधितं ते बध्नाम्यायायुष्पे “अर्थात् कुश तत्काल फलदिने औषधि हो। जसलाई आयु वृद्धिकोलागि धारणा गरिन्छ। त्यस्तै दुधमा कुश हालेर राखेमा दुध फाट्दैन , कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिन्छ ।यसलाई धारण गर्नाले रिसलाई नियन्त्रण गर्दछ ,त्यसपछि शत्रुको रिसवाट बचाउँछ। त्यस्तै जो मानिसले सधैं कुश लगाउँछ त्यसको कपाल झर्दैन अनि छाती पनि दुख्दैन। कुशलाई कवचको रुपमा ,जरालाई औषधिको रुपमा प्रयोग गरिन्छ। कुशको अवस्था अनुसार विभिन्न नामछन् जस्तो फूल नफुलेको कुशलाई दर्भ ,फूल फुलेपछि कुश ,जरा सहितको भागलाई कुतप ,अगाडिको भाग काटेमा त्यसलाई तृंण भनिन्छ। “दर्भासने मृत :”अर्थात् जो मानिस कुशको आसनमा मर्दछ भने त्यो व्यक्ति छोरानभएपनि नि :सन्देह वैकुण्ठ जान्छ, यसमा संदेह छैन। त्यसोभएकोहुनाले कुशबिनाको कार्य अधुरो हुने गर्दछ। दर्भ {कुश }एकचोटी प्रयोग भैसकेपछि यदि नयाँ पाईएनभने पुन त्यहि प्रयोग भएको कुश पानीले पखालेर प्रयोगगर्न सकिन्छ। चलनगरिसकेको मानिंदैन। अव प्रश्न उठ्न सक्छ !कुश कुनबेला बिटुलो हुन्छत भनेर ? “दर्भा पिण्डेषु निर्माल्या “अर्थात् पिण्डमा चढाएको कुश निर्माल्य {अपवित्र }हुन्छ। यो बुझेर सवैले यहि किसिमले कार्यगर्नु पर्दछ।कुश नभएमा

“कुशा :काशा :शरा दूर्वा यवगोधूमबल्वजा :, सुवर्ण रजतं ताम्रं दशदर्भा :प्रमीर्तिता : /

अर्थात् कुश ,काँश, सिरु,दूवो ,जौ ,गहुँ ,बावियो ,सुन ,चाँदी ,तामो ,दश मध्ये क्रमैसँग प्रयोग गर्नुपर्दछ। यहि दिन पिताको मुखहेर्ने दिन हो।पहिले पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) वटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।यो दिन वैदिक हिन्दुधर्मालम्बिहरुले आफ्नु जीवित पिताको मान – सम्मानगर्ने र परलोक हुनुभएको पिताको सम्झनामा पितृकार्य {श्राद्ध } गर्ने दिनको रुपमा मानिन्छ। पिता {बाबु }भनेको आकाश हो। किनकी पिताले धर्तीमा सदमार्ग , सन्तानलाई उपदेश ,सहयोग ,सम्पत्ति जीवनपर्यन्त दिनुहुन्छ ,कहिल्यै सन्तानको कुभलो सोच्नु हुँदैन। त्यसैले पिताको हृदय विशाल आकाशजस्तै व्यापक छ। “त्वं द्दौरहं पृथ्वी त्वं तावेही स रभावहै सह रेतो दधावहै पुंसे पुत्राय वित्तय इति “अर्थात् वुवा – आमाको प्रेम सन्तानमाथि कति हुन्छ भनेर नत शव्दमा वर्णन गर्नसहिन्छ ,नत जोखेर देखाउन सकिन्छ अथवा नत नापेर बताउन सकिन्छ। त्यसैले हामिहिन्दुहरु पृथ्वीको रुपमा आमा र आकाशको रुपमा पितालाई पुज्दछौँ। तर आजकाल पितालाई,पिता ,बाबु नभनेर dady. भन्ने गरिन्छ। यो भन्नु भनेको आफ्नु संस्कार भुल्नु हो। याद गर्नुहोस संस्कार भुले हामीहरु पनि भुलिन्छौं।अनि हिन्दुको अस्तिस्व रहँदैन। त्यसैले आफ्नो पहिचान बचाउनु पर्दछ।अव सवैको ऋण चुक्तागर्न सकिन्छ। तर

“यं मातापितारौ क्लेशं सहेते सम्भवे नृणाम्। न तस्य निष्कृति :शक्या कर्तुं वर्षशतैरपि।।”

अर्थात् आमा – बुबालाई बालकको जन्माउन एवं पालन पोषण गर्नमा जति क्लेश सहनुपर्छ।

त्यसको ऋण चुक्ता गर्नकालागि बालकले सयौं वर्ष सेवागरे पनि तिर्न सक्दैन्। अत हामीले बुझेर जन्मपर्यन्त माता – पिताको सेवा ,स्याहार ,सुसारगरि अन्त्य अवस्थामा उहाँहरुको चाहना अनुसार कार्य गर्नुपर्दछ। त्यसपछि उहाँहरुको वैकुण्ठवास भएमा आफुले जीवनपर्यन्त उहाँहरुलाई सद्गति गराउनको लागि पितृकार्य {श्राद्ध }गर्दै जानु पर्दछ। “श्रद्धया दियते ,हुयते ,क्रियते तद् श्राद्धम्।” अर्थात् श्रद्धाले दिने ,हुने ,गर्ने कार्यलाई श्राद्ध भनिन्छ। यो बुझेर माता – पितालाई आदर,प्रेम,सम्मान गर्दै रहनु मानवको कर्तव्य हो। त्यसको ऋण चुक्ता गर्नकालागि बालकले सयौं वर्ष सेवागरे पनि तिर्न सक्दैन्। अत हामीले बुझेर जन्मपर्यन्त माता – पिताको सेवा ,स्याहार ,सुसारगरि अन्त्य अवस्थामा उहाँहरुको चाहना अनुसार कार्य गर्नुपर्दछ। त्यसपछि उहाँहरुको वैकुण्ठवास भएमा आफुले जीवनपर्यन्त उहाँहरुलाई सद्गति गराउनको लागि पितृकार्य {श्राद्ध }गर्दै जानु पर्दछ। “श्रद्धया दियते ,हुयते ,क्रियते तद् श्राद्धम्।” अर्थात् श्रद्धाले दिने ,हुने ,गर्ने कार्यलाई श्राद्ध भनिन्छ। यो बुझेर माता – पितालाई आदर,प्रेम,सम्मान गर्दै रहनु मानवको कर्तव्य हो
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment