गाउँमै मुटु तथा फोक्सोको परीक्षण

०८ भदाै, काठमाडाैँ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा मोरङको पथरी शनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गरिएको छ ।

नोवेलबाट विशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाएका हुन् ।

डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै मंगलवार पथरीमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १७५ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ ।

बृद्धबृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग विशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १६५ जना बृद्धबृद्धाको मुटुको जाँच, इको गरिएको छ ।

जसमध्ये ५५ जना बृद्धबृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई बुधबार नोबेल अस्पताल ल्याइने नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुलाई नोवेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउने व्यवस्था मिलाइएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment