राष्ट्रिय सुरक्षा परिषद्को आयोजनामा खाद्य सुरक्षाबारे सेमिनार

०१ भदाै, काठमाडाैँ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र सैनिक प्रबन्ध रथी विभागको आयोजनामा ‘नेपालमा खाद्य सुरक्षा’ को विषमा सेमिनार शुरु भएको छ ।

बुधवार जङ्गी अड्डामा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले सेमिनारको उद्घाटन गरेका छन् ।

कार्यक्रममा कृषिमन्त्री यादवले नेपालमा ७ दशमलव ८ प्रतिशत जनता गम्भिर खाद्य असुरक्षामा रहेको बताए । उनले भने– ‘२१ प्रतिशत नेपाली निर्धारित क्यालोरीभन्दा कम खाद्यान्न उपभोग गर्ने अवस्थामा छन् ।’ राष्ट्रिय रुपमा खाद्य संचित देखिएपनि पारिवारिक रुपमा नेपालीहरु ‘खाद्य असुरक्षा’को अवस्थामा रहेको बताए ।

कोदो र फापरको उत्पादन मुल धारमा आउन नसकेको उल्लेख गर्दै मन्त्री यादवले भने– ‘मसिनो चामलको उपभोग बढ्दो अवस्थामा छ ।’

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका संयोजक तथा रक्षा सचिव किरणराज शर्माले तुलनात्मक रुपमा नेपालमा खाद्य असुरक्षा रहेको बताए । सेमिनार दुई दिनसम्म चल्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment