बजेटभन्दा झण्डै ३ खर्ब बढीको आयात, पेट्रोलियमपछि खाने तेल र सुनले ढुकुटीमा धक्का

०१ भदाै, काठमाडाैं । गत आर्थिक वर्षमा देशको वार्षिक बजेटभन्दा बढीको आयात भएको छ । गत आर्थिक वर्षको संघीय सरकारको बजेटभन्दा झण्डै २ खर्ब ८७ अर्ब रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको हो । सरकारले गत आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अनुसार गत आर्थिक वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सरकारको कुल बजेटभन्दा २ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको हो ।

गत आर्थिक वर्षको आयात चालु आर्थिक वर्षको संघीय सरकारको बजेट भन्दा पनि बढी छ । संघीय सरकारले चालु आर्थिक वर्षको लागि १८ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । आन्तरिक उत्पादन कम भएका कारण निर्यात व्यापारको अंश निकै सानो छ । गत आर्थिक वर्षमा जम्मा २ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा मात्रै निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालले १७ खर्ब २० अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई पेट्रोलियम पदार्थपछि कच्चा पाम तथा कच्चा सोयाविन तेल (खाने तेल) र सुनको आयातले बढी असर पारेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । यसमध्ये १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको डिजेल, ७१ अर्ब ३८ करोडको पेट्रोल र ६५ अर्ब ५५ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

यस्तै, ५६ अर्ब १८ करोड रुपैयाँ बराबरको कच्चा सोयाविन तेल, ५१ अर्ब २९ करोड रुपैयाँ बराबरको फलामका कच्चा पदार्थ, ३९ अर्ब ३१ करोड रुपैयाँ बराबरको कच्चा पाम तेल र ३५ अर्ब ६१ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNepal Rastriya BankNewsPolitic
Comments (0)
Add Comment