धादिङको गल्छीमा भारतीय नम्बरको ट्रेलरले जीपलाई ठक्कर दियो, दुई जनाको मृत्यु

३१ साउन, काठमाडाैँ । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराती भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाट आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment