बढ्यो सुनचाँदीको मूल्य

२९ साउन, काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार आठ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार दुई सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessbusiness NewsCoronavirusCovid19digital khabardigitalkhabareducation NewselectionElection CommissionElevtion NewsGoldGold And SilverhealthHimalayanInternationalinternational newsKathmanduLocal Election NewsMount EverestnepalNewsPoliticPrime MinisterSher Bahadur DeubaSilvertourismtouristVaccineVoteWeatherWorld Economics Newsसुनचाँदी
Comments (0)
Add Comment