बुस्टर मात्रा खोपले मृत्यु हुनबाट ८५ प्रतिशत रोक्छ : स्वास्थ्य मन्त्रालय

२६ साउन, काठमाडाैँ । गएको २४ घण्टामा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप १६ हजार ९२६ जनाले लगाएका छन् । हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए ।

त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन हालसम्म पनि नलगाएकालाई उनले आग्रह गरे । कोभिड–१९ बाट संक्रमित लगभग ५० प्रतिशत मानिसहरुमा कुनैपनि लक्षण देखिँदैन ।

खोप नलगाएकाहरुलाई कोरोना संक्रमण भएको खण्डमा गम्भीर रुपमा बिरामी पर्नुका साथै मृत्यु हुनसक्ने सम्भावना खोप नलगाएका मानिसको तुलनामा १० गुणा बढी हुने उनले बताए । बुस्टर मात्रा खोपले गम्भिर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने उनले बताए ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment