हिमालयन बैंक र अमेरिकन एक्सप्रेसद्वारा प्रिपेड कार्ड सेवा सुरु

२६ साउन, काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा दुईवटा नयाँ एक्सप्रेस प्रिपेड कार्ड सेवा सुरु गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा ग्राहकहरुका लागि अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताएको हो।

सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणाले अमेरिकन एक्सप्रेसँग हिमालयन बैंकको लामो समय देखिको सम्बन्ध रहेको र विभिन्न वर्गका ग्राहकहरुलाई लक्षित गरी दुईवटा नयाँ कार्डहरु सञ्चालनमा ल्याएको बताए। उनले दुईवटा कार्डहरुले विभिन्न मुलुक भ्रमण गर्ने स्थानीय ग्राहकहरुलाई सुविधा प्रदान गरी प्रत्येक कारोबारमा फाइदा प्रदान गर्ने बताए।

हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड विशेष गरी विभिन्न क्षेत्रमा भ्रमण गर्ने तथा विभिन्न सरसमान खरिद गर्ने खरिदकर्ताहरुलाई सहज हुने भएको छ। त्यस्तै, हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्डको सुरुवातले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रीहरुका लक्षित गरी जारी गरिने बैंकले जनाएको छ।

बैंकले सुरुवात गरेको कार्ड प्रयोगकर्ताहरुले कार्डबाट भुक्तानी गर्दा विभिन्न लाभ, छुटहरु पाउने, आफ्नो खर्च व्यवस्थापन सहज बनाउनसक्ने भएका छन्। दुवै कार्डहरुले प्रयोगकर्ताहरुलाई समग्रमा यात्रा तथा विभिन्न सामान खरिदमा उच्चतम लाभको अनुभूति गराउने छ। बैंकको दुवै कार्डका प्रयोगकर्ताहरुले आकर्षक क्यासब्याक र भ्रमण र खरिदका लागि लाभ लिन सक्नेछन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment