बढ्यो सुनको मूल्य, आज तोलाको कति

२५ साउन, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैँयाले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment