गोकर्णेश्वरकाे जोरपाटी चाेकमा फाेहरकाे डङ्गुर थुप्रियाे ३ करोडकाे फोहोर जलाउने मेसिनले का गरेन

२४ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा करिब ३ करोड मूल्य हालेर जापानबाट फोहोर जलाउने ईन्सिरेटर मेसिन ल्याइएको छ । गोकर्णेश्वरका तत्कालीन मेयर सन्तोष चालिसेले उक्त मेसिनले गोकर्णेश्वरको फोहोर व्यवस्थापन गर्न महत्त्वपूर्ण योगदान दिने उद्‌घोष गरेका थिए । तर, अहिले गोकर्णेश्वरको जोरपाटी चोक फोहोरको डङ्गुर बन्न पुगेको छ ।

गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा ल्याइएको उक्त मेसिनमा समस्या आएकाे कारणले प्रयोगमा नआएको र जोरपाटीलगायतका ठाउँमा फोहोरको थुप्रो बनेपछि स्थानीय बासिन्दा भने नगरपालिकासँग आक्रोशित छन् ।

ठेकेदारमार्फत उपभोक्तासँग फोहोर व्यवस्थापनका नाममा चर्को शुल्क असुल्ने र शहरै दुर्गन्धित पारेर छाड्ने काम भएकाले स्थानीयहरु आक्रोशित देखिन्छन् ।

फोहोर व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै गोकर्णेश्वर नगरपालिकामा भित्र्याइएको उक्त मेसिनले उद्देश्य अनुसार अहिले काम दिएको छैन । यहीँ मेसिन हेर्ने नाममा गोकर्णेश्वरका तत्कालीन मेयर चालिसे जापान घुम्नुबाहेक मेसिनबाट नगरपालिका र स्थानीय बासिन्दाले खासै लाभ पाउन सकेका छैनन् ।

फोहोर जलाउने जापाननिज ईन्सिरेटर मेसिन

गोकर्णेश्वर नगरपालिकाका सूचना अधिकारी टंकनाथ घिमिरेका अनुसार फोहोर जलाउने उक्त फोहोर जलाउने ईन्सिरेटर मेसिन हिटा हेभी मेसिनरी एण्ड रिसाईकल प्रा.लि. ले स्वामित्वमा रहेको छ । उनले उक्त मेसिन गोकर्णेश्वर र काठमाडौं महानगरपालिकाको सीमानामा बागमती नदी किनारमा राखिएको बताए ।

फोहोर जलाउने मेसिन किनेर पनि जोरपाटीलगायतका फोहोर थुप्रिएर दुर्गन्धित हुनुको कारण सोध्दा घिमिरेले सम्बन्धित कम्पनीसँग बुझ्न आग्रह गरे । मेसिन राख्ने स्थान र संरचना भने नगरपालिकाले बनाइदिएको उनको भनाइ छ ।

फोहोर जलाउने मेसिन सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको हिटा हेभी मेसिनरी एण्ड रिसाईकल प्रा.लि.का दर्शन पुडासैनी भने मेसिनमा प्रविधिक समस्या देखिएकाले सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको बताउँछन् । मेसिनले सुख्खा फोहोर मात्र जलाउने भन्दै कुहिएका फोहोर हालेर जलाउँदा मेसिनमा खराबी आएको उनको तर्क छ ।

जापानबाट अर्को ४ करोड बढीको अत्याधुनिक फोहोर जलाउने मेसिन खरिद गर्ने तयारी रहेको जनाउँदै पुडासैनीले त्यो मेसिन आएपछि फोहोरको उचित व्यवस्थापन हुने सुनाए ।

नयाँपाटीमा फोहोर जलाउनका लागि १० रोपनी जग्गा लिइसकिएको छ । जापानबाट मेसिन पनि अर्डर भइसकेको छ । अब यसको उचित व्यवस्थापन हुन्छ’, उनले भने ।

उक्त मेसिन आएपछि कुहिने फोहोरको मल, बनाउने, रिसाइकल गर्ने र काम नलाग्ने सुख्खा फोहोर र प्लाष्टिक जलाउने पुडासैनीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalPolitic
Comments (0)
Add Comment