भूकम्प अपडेट: भूकम्पककाे केन्द्रबिन्दु बेल्कोटगढी, स्थानीय भन्छन्- ‘बैसाख १२ जस्तै महसुस भयो’

२१ साउन, काठमाडौँ । धेरैपछि काठमाडौं नै हल्लाउनेगरी भूकम्पको ठुलो धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का नुवाकोटसहित धादिङ र
उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

‘एक पटक त गईहाल्यो, फेरि जाला कि भन्ने पीर भो ‘

यता केन्द्रबिन्दु बेल्कोटगढीका स्थानीयले भने आफुहरुलाई बैसाख १२मा जस्तै महसुस भएको बताएका छन् । भूकम्पको धक्कानिकै ठुलो महसुस भएको बताएका छन् । ‘बेल्कोटगढी नै केन्द्रबिन्दु रहेछ भन्ने तथ्यचाहिं अलि पछि थाहा पायौँ । तर भूकम्पको धक्काचाहिं ठुलै महसुस भयो । बैसाख १२ जस्तै महसुस भयो।’ त्यहाँका एक स्थानीयले अर्थ सरोकारसँग भने-‘एक पटक त गईहाल्यो, फेरि जाला कि भन्ने पीर भो ।’

यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । काठमाडौँ नै हल्लिएपछि भने नागरिकहरु अलि बढी आत्तिएका छन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNews
Comments (0)
Add Comment