थारु समुदायले गुरही पर्व मनाउँदै

१७ साउन, धनगढी। कैलाली र कञ्चनपुरसहित तराईका जिल्लामा थारु समुदायले गुरही पर्व मनाउँदै छन्। थारु समुदायमा तिहारको सुरुवातको रुपमा मानिने गुरही पर्व धनगढीसहित तराईका जिल्लामा भव्यताका साथ मनाउन लागेका हुन्।

धनगढीमा सखी सञ्जाल र थारु कलाकार मञ्च कैलालीको संयुक्त आयोजनामा मंगलबार धनगढीको गुरही चोकमा गुरही सामूहिक रुपमा मनाउन लागिएको हो।

विगत एक दशक यता थारु समुदायले आफ्नो हकअधिकार तथा पहिचानको रुपमा मनाउँदै आएको गुरही पर्व यस वर्षपनि संरक्षण सम्वर्द्धन सहित हकअधिकार तथा पहिचानको रुपमा मनाउन लागेको जनाइको छ।

नाग बाबालाई पूजा गरे सर्प घरमा नआउने, घरमा बाज नमर्ने, आगलागी नहुने, दुःखको बज्रपात नआउने, रोगव्याधी र महामारी घरमा प्रवेश नहुने विश्वाका साथ यो पर्व मनाइने गरिएको छ।

गुरही पर्वको अवसरमा कैलालीका दुई वटा स्थानीय तहले आफनो क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ। कैलालीको कैलारी र जोशीपुर गाउँपालिकाले आज पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोमबार बसेको कैलारी गाउँ कार्यपालिका बैठकले गुरहीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको थियो। गुरहीको दिन गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा बिदा रहने जनाइएको छ। गुरही थारु समुदायको पहिलो पर्व हो।

साउन ६ गते बसेको जोशीपुर गाउँपालिकाको कार्यपालिका बैठकले गुरहीको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment