अर्थमन्त्रीमाथि उठेको प्रश्नमा माओवादीले जवाफ दिनुपर्छ : नेता खनाल

२२ असार, काठमाडौं नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणको विषयमा उठेको प्रश्नमा मन्त्री शर्माको पार्टीले जवाफ दिनुपर्ने बताएका छन्।

संसद भवनमा पत्रकारसँग बोल्दै बुधबार खनालले उक्त विषयमा नेकपा माओवादी केन्द्रले जवाफ दिनुपर्ने बताएका हुन्।

‘जसरी यो प्रश्न उठेको छ, यसको जवाफ सम्बन्धित पार्टीले अभिलम्ब दिनुपर्छ। सम्बन्धित व्यक्तिले पनि दिनुपर्छ।’ नेता खनालले भने, ‘यस्ता सवालहरूमा हेलचेक्रयाँई गर्नुहुँदैन र लेपापोती पनि गर्नु हुँदैन।’

नेता खनालले यदि यो घटना सत्य भए गम्भीर रुपमा लिनु पर्ने बताएका छन्। ‘यो घटना सत्य हो भने गम्भीर घटना हो,’ उनले भने, ‘यसले मुलुकमा गम्भीर प्रश्न उठ्छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment