बालाजुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

२१ असार, काठमाडाैँ । काठमाडौं महानगरपालिका-१६ बालाजु पुल वारी सडकमा बा ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment