अछामका विनोदको हत्यामा संलग्न आरोपमा मेयर चलाउनेसहित ७ जना पक्राउ

१९ असार, अछाम । अछामको पञ्चदेवल नगरपालिका वडा नम्बर ४ का विनोद शाहीको हत्यामा संलग्न आरोप लागेका मेयर अम्बिका चलाउने पक्राउ परेकी छन् । गत जेठ २१ गते मृतावस्थामा भेटिएका विनोदको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले मेयर चलाउनेसहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।

आफन्तले विनोन शाहीको हत्या भएको भन्दै नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध जाहेरी दर्ता गराएका थिए । गत जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका विनोदको शव २१ गते विहान स्थानीयले फेला पारेका थिए ।

प्रहरीले जाहेरी दर्ता भएकोमध्ये पाँचजनालाई यसअघिनै नियन्त्रणमा लिएको थियो । सोही क्रममा थप दुईजनालाई हिजो (शनिबार) मात्रै नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको हो । घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment