काठमाडौंमा रोहिंग्या शरणार्थीको विरोध प्रदर्शन

१३ असार, काठमाडाैँ । नेपालमा रहेका रोहिंग्या शरणार्थीले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अघि विरोध प्रदर्शन गरेका छन्।

संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन्।

विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरुको छ। म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको गुनासो गरे।

यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरुमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरुको भनाइ छ। प्रदर्शनकारीहरुले सोमबार प्रहरी प्रशासनबाट महिला, बालबालिकाहरु कसैको पर्वाह नगरी लाठी चार्ज गरेर निर्दयी भाव देखाइएको पनि आरोप लगाएका छन्।

श्रीलंकाबाट नेपालमा आइ शरणार्थीको रुपमा बसोवास गरिरहेका सुरेश कुमार राजेश्वरले २०१५ सम्म सहयोग गरे पनि यूएनएचसीआरले पछिल्लो समय बेवास्ता गरिरहेको बताए। बालबालिकाहरुलाई निजी विद्यालयमा पढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकोले यो समस्य समाधान गर्न आफू प्रदर्शनमा आउनु परेको उनको भनाइ छ।

यूएनएचसीआरले खान, बस्न र बालबालिकाको अध्ययानको लागि आर्थिक सहयोग गर्दै आइरहे पनि पछिल्लो समय सरकारी विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने र आफूलाई दिइने रकम पनि दिन छोडेको सुरेश कुमारको गुनासो छ।

रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमवारबाट बिरोध प्रदर्शन गरिरहेको छ। मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमतः पालना नगर्दा आफ्ना बालबालिकाहरुको अधिकार हनन भएको उनीहरुको गुनासो छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNews
Comments (0)
Add Comment