फेसबुकमा तपाईंको फ्रेन्ड रिक्वेस्ट क-कसले एक्सेप्ट गरेनन् ? यस्तो छ थाहा पाउने सजिलो तरिका

१३ असार, काठमाडौं । सन् २००४ देखि सुरु भएको फेसबुकमा हामी यति धेरै अभ्यस्त भइसक्याैं कि हामीलाई नै हाम्रो फेसबुकका कतिपय गतिविधिबारे याद हुँदैन ।

यी याद नहुने गतिविधिमध्ये एक हो, हामीले पठाएको फ्रेन्ड रिक्वेस्ट । हामीले कहिलेकाहीँ कसैलाई फ्रेन्ड रिक्वेस्ट पठाएको हुनसक्छौँ र त्यो रिक्वेस्ट एक्सेप्ट नभएको पनि हुनसक्छ ।

तर लामो समयअगाडि पठाएको फेसबुक रिक्वेस्ट एक्सेप्ट भए/नभएको तपाईंले पनि याद नगर्नु भएको हुनसक्छ ।

फेसबुकले एक्सेप्ट भएको रिक्वेस्टको नोटिफिकेसन दिन्छ । तर लामो समयसम्म एक्सेप्ट नभएको रिक्वेस्टको भने नोटिफिकेसन दिँदैन । यस्तोमा कसैको पेन्डिङ लिस्टमा किन बस्ने ?

तपाईंको एक्सेप्ट नभएका फ्रेन्ड रिक्वेस्टलाई खोजेर क्यान्सिल गर्न सक्नुहुन्छ । हामी सबैलाई आफूलाई आएको फ्रेन्ड रिक्वेस्ट त हेर्न आउँछ । तर सबैलाई आफूले पठाएको फ्रेन्ड रिक्वेस्ट हेर्न नआउन पनि सक्छ ।

यसरी हेर्नुहोस् आफूले पठाएको फ्रन्ड रिक्वेस्ट

– वेबमा फेसबुक खोल्नहोस् ।

– त्यसपछि माथि दायापट्टि मेसेन्जरको छेउमा मेन्युको आइकनमा क्लिक गर्नुहोस् ।

त्यसपछि त्यहाँ फ्रेन्ड्सको अप्सनमा क्लिक गर्नेहोस् ।
त्यसपछि वायाँपट्टि रहेको फ्रेन्ड रिक्वेस्टमा क्लिक गर्नुहोस् ।
त्यसपछि भ्यू सेन्ट रिक्वेस्टमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले फ्रेन्ड रिक्वेस्ट पठाएका मान्छेहरूको लिस्ट देखिन्छ ।
मोबाइल एपबाट कसरी हेर्ने ?

सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
त्यसपछि दायाँपट्टि भएको तीनवटा बारमा ट्याप गर्नुहोस् ।
अब फ्रेन्डको अप्सनमा ट्याप गर्नुहोस् ।
त्यसपछि फ्रेन्ड रिक्वेस्टको छेउमा भएको सी अल (See All) अप्सनमा ट्याप गर्नुहोस् ।
अब माथि दायाँपट्टि रहेको तीनवटा बारमा ट्याप गर्नुहोस् ।
त्यसपछि तल रहेको भ्यू सेन्ट रिक्वेस्टमा ट्याप गर्नुहोस् ।
अब त्यहाँ तपाईंले पठाएको रिक्वेस्ट देख्न सक्नुहुन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment