भूमिपूजाको महत्व!

१० असार, काठमाडौं । मिति २०७९ साल आषाढ ११गते शनिबार द्वादशी तिथी २ / ०८ बजेसम्म त्यस उप्रान्त त्रयोदशी तिथी आरम्भ , यो दिन भूमिपूजा गर्नेदिन भएकोले ,भूमिको महत्व यस्तो छ ! “आर्यावर्त पुण्यभूमि मध्यं विन्ध्य हिमालयो :” अर्थात् भारतवर्ष हिमालमा विन्ध्य नामको दुई पर्वतको बीच {मध्य }भागमा अवस्थित् आर्यावर्त पुण्यभूमि नेपाल जगत् प्रसिद्ध छ। वैदिक भूमि ,भारतवर्ष {नेपाल }लाई शास्त्रले पनि गर्वसाथ भनेको पाइन्छ।

“धन्यास्तु ये भारतभूमि भागे ” अर्थात् जुन भूमिको समुज्वल ,सुसंकृत ,समुन्नतदेखि सवै मुग्ध र स्तब्ध चकित हुन्छन्।यसैगरी जुन भूमिको बारेमा “गिरयस्ते पर्वता :हिमवन्तोsरण्यं ते पृथ्वी “{अथर्वेद १२ /१ /११} अर्थात् हिमालाद्वारा {हिमाच्छादित }गिरि नामको पर्वत गहन ,स्वर्णीम ,रम्यवन छ। हे वसुन्धरा {पृथ्वी } !मातृभूमि तिमीभित्र असंख्य रत्न छन् भन्दै पवित्र भूमिको गान गरिएको छ।त्यसैगरी भगवान रामले मातृभूमि प्रति दर्साएको प्रेम प्रगाढ रहेको छ।अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।
अर्थात् हे भाइ लक्ष्मण !लंका जतिसुकै सुनौलो भएता पनि मलाई मन पर्दैन् ,मलाई त आफू जन्मेको मातृभूमि र आफूलाई जन्मदिने आमा स्वर्गभन्दा पनि ठूली र प्यारो लाग्दछ। त्यसर्थ हिडौं जन्मभूमि अयोध्यामानै गएर बसौं भनेर भाइ लक्ष्मणलाई लिएर फर्कनु भएको छ भने भगवान श्रीराममा पनि मातृभूमि प्रतिको श्रद्धा ,गर्भ कति धेरै रहेको थियो।त्यसैले हामीहरुले पनि आफ्नु मातृभूमि प्रति यस्तै सदासयताको भाव राखेर कार्य गरेमा पूजा गरेको सरह हुनेछ र अन्त्यमा त्यसलाई मातृभूमिको आशिर्वाद लागेर यस लोकमा सुख ,सम्पत्ति प्राप्तगरि पर लोकमा मोक्षगति प्राप्त हुनेछ।अन्त्यमा यो दीन शोडोसोपचारले भूमिको पूजा अर्चना गरी धुप,बत्ति,नैवेद्द ,दक्षिणा अर्पण गरेर प्रसाद ग्रहण गर्नु उत्तम मानिन्छ।
पं-बालमुकुन्द देबकोटा



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment