बीएमडब्लुले चीनको लिडिया प्लान्टबाट विद्युतीय कार उत्पादन थाल्यो

०९ असार, काठमाडाैँ । लक्जरी कार निर्माता बीएमडब्लुले चीनमा स्थापना गरेको लिडिया प्लान्टबाट उत्पादन सुरु गरेको छ ।

जर्मन अटोमेकर कम्पनी बीएमडब्लुले उक्त प्लान्टमा २ अर्ब २४ करोड डलर लगानी गरेको हो । लायनिङ प्रदेशको सेन्याङ सहरमा अवस्थित उक्त प्लान्ट बीएमडब्लुको चीनमा रहेको तेस्रो प्लान्ट हो ।

विद्युतीय सवारी साधनको उत्पादन वृद्धि गर्न अटोमेकर कम्पनीले उक्त प्लान्ट स्थापना गरेको थियो । सन् २०२१ मा ७ लाख कारहरु उत्पादन गरेको बीएमडब्लुले उक्त प्लान्टबाट उत्पादन बढाएर सन् २०२२ ८ लाख ३० हजार कारहरु उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

कम्पनीले चिनियाँ बजारको माग अनुसार आफ्ना उत्पादन लाइनहरुमा उत्पादन बढाउने भएको छ । लिडिया प्लान्टबाट उत्पादन हुने पहिलो कारको मोडल स्पोर्टस कार सेडनको मिड–साइजको आइ-३ हुने कम्पनीले जानकारी दिएको छ ।

बीएमडब्लुलाई टक्कर दिँदै विद्युतीय कार निर्माणमा टेस्ला र चिनियाँ कम्पनी बीवाइडीले पनि उत्पादन बढाउन चीनमा लगानी गरेका छन् । चीनमा विद्युतीय कारहरुको लोकप्रियता बढ्दै गएपछि बीवाइडी र टेस्लाको व्पायार दुई गुणाले बढेको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment