नेपालमा पहिलो पटक महिलाको लागि ¥याफिटिङ तालिम शुरु, जनशक्ति विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा : सीइओ रेग्मी

०१ असार, काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project (Qm\LRP) अन्र्तगत असार १ गतेबाट सुनकोशी गाउँपालिकाको बलेफिमा १५ दिने महिला रिभर गाइड तालिम शुरु भएको छ । एसटीएलआरपी परियोजनासंगको साझेदारीमा नेपाल एसोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज (नारा) को आयोजनामा विभिन्न जिल्लाका ५३ जना महिलालाई निःशुल्क रुपमा तालिम प्रदान गर्न लागिएको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक महिलाहरुका लागिमात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनमा जनशक्तिको विकासमा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताउनु भयो । सीइओ रेग्मीले यो तालिमलाई तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै करियर बनाउने गरी काम गर्न आग्रह गर्दै बोर्डले नारासँगको सहकार्यमा थप तालिम प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का पोर्टपोलियो म्यानेजर कल्पना सरकारले कोभिड १९ पछि पर्यटन मजदुरहरु सबैभन्दा समस्यामा परेकोले उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले एसटीएलआरपी परियोजना शुरु गरिएको जानकारी दिँदै महीलाहरुका लागि मात्रै आयोजना गरिएको यो तालिमले महिला शशक्तिकरण,रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ती गर्ने बताउनु भयो ।
नेपाल एसोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलो पटक पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनाकासँगको सहकार्यमा नाराले महिला रिभर गाइडको निशुल्क तालिम सन्चालनमा ल्याएको जानकारी दिँदै तालिमबाट उत्पादिन जनशक्तिलाई नाराले रोजगारीको ग्यारेन्टि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाइ सुझाब दिनु भयो ।

कार्यक्रमा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाहरको सहभागिता न्युन रहेकाले युवाको आकर्षण बढाउन र महिलालाइ आत्मनिर्भर बनाउने महत्वपूर्ण उदेश्य बोकेर तालिमको आयोजना गरिएको बताउनुभयो । ¥याफ्टिङ्ग तालिमका प्रशिक्षक रेवती प्रसाद उपाध्यायले भोटेकोशी ,¥याफ्टिङ्गका लागि संसार कै उत्कृष्ट ७ औं नम्बरमा पर्न सफल नदी भएको जानकारी दिँदै यस तालिमाट जनशक्ति विकास हुनेमा विश्वस्त रहेको बताउनुभयो । सुनकोशी गाउँपालिकाका प्रतिनिधी दीपक श्रेष्ठले गाउँपालिका बोर्ड तथा नारासँग सहकार्य गरेर अघि बढ्न तयार रहको बताउनु भयो । कार्यक्रममा प्रशिक्षर्थी देउराली चाम्लिङ्ग,रुजिता अधिकारी तालिमबाट आफुले गरेका अपेक्षाका बारेमा धारणा राख्नु भएको थियो । असार १ देखि असार १५ सम्म सन्चालन हुने तालिममा शैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु दिइने परियोजनाका परियोजनाका राष्ट्रिय कार्यक्रम प्रबन्धक ज्ञानेश्वर महतोले जानकारी दिनु भयो । एसटीएलआरपी परियोजनाले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा)नारा,टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान),एशोसिएशन नेपाल (हान) तथा विभिन्न गाउँपालिकाहरुको सहकार्यमा करिब ६ हजारजनालाई अल्पकालीन रोजगारी दिएको पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment