बिटक्वाइनको मूल्यमा कीर्तिमानी गिरावट

३१ जेठ, काठमाडौं । डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीको बजारमा एकपटक पुनः भुइँचालो आएको छ । सोमबार बिटक्वाइनको मूल्यमा गिरावट आएर २५ हजार ६ सय डलरमा झरेको छ । यो पछिल्लो १८ महिनाकै सबैभन्दा कम मूल्य हो । संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विभिन्न कारणले गर्दा लगातार कमजोर बनिरहेको छ ।

गत वर्ष नोभेम्बरमा क्रिप्टोकरेन्सीको मूल्य सबैभन्दा उच्च अर्थात् ६८ हजार डलर भन्दा माथि पुगेको थियो । त्यसयता क्रिप्टोकरेन्सीको मूल्य ८० प्रतिशतले घटेको छ ।

विश्लेषकहरुका अनुसार बिटक्वाइनको मूल्य यही दरमा घटेमा यो वर्षको अन्त्य सम्ममा १४ हजार डलरमा झर्न सक्नेछ । क्रिप्टो एनालिटिक्स कम्पनी क्रिप्टो क्वान्टका विश्लेषकका अनुसार आगामी ६ सय ७० दिनभित्रमा बिटक्वाइनको मूल्य २१ हजारदेखि १४ हजार डलरसम्ममा झर्ने सम्भावना छ । तर सन् २०२३ मा बिटक्वाइनको मूल्य पुनः बढेर ४० हजारसम्म पुग्ने विश्लेषकको अनुमान छ ।

विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि गिरावट आइरहेको छ । इथेरियमको मूल्य १३ सय ५५ डलरमा झरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment