मस्कले दिए ट्विटरलाई सम्झौता फिर्ता लिने धम्की

२४ जेठ, वासिङटन । विश्वका सबैभन्दा धनाढ्य अर्बपति एलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने आफ्नो योजना फिर्ता लिने धम्की दिएका छन् । उनले सामाजिक सञ्जाल कम्पनीले आफूले यसको प्रयोगकर्ताको आधारबारे थप जानकारी लिनका लागि गरेको अनुरोधलाई निराश पारेको आरोप लगाएका छन् ।

नियामकहरू समक्ष पेस गरिएको एक पत्रमा मस्कले स्पाम खाताहरू आफैँले मापन गर्ने आफूसँग अधिकार रहेको उल्लेख गरेका छन् । अर्को सूचना जारी नहुन्जेल आफ्नो ट्विटर किन्ने सम्झौतालाई थाति थाती राख्ने मस्कको घोषणा पछि हप्तौँ सम्म बढेको विवादलाई यस पत्रले औपचारिक बनाइदिएको छ । तर ट्विटरले आफ्ना अनुमानहरूको रक्षा गरेको छ ।

यता मस्कले स्पाम र नक्कली खाता ट्विटरले सार्वजनिक रूपमा बताएको भन्दा बढी रहेको आफूलाई विश्वास लागेको बताएका छन् । ट्विटरले त्यस्तो संख्या नियमित प्रयोगकर्ताको संख्याको पाँच प्रतिशत भन्दा कम रहेको बताएको थियो ।

सो पत्रमा मस्कका वकिल माइक रिंगलरले लेखेका छन्, “ट्विटरका भावी मालिकका हिसाबले मस्कसँग ट्विटरको व्यापार आफ्नो स्वामित्वमा ल्याउने र आफ्नो आर्थिक कारोबारको सहजीकरणको तयारीका लागि यस कम्पनीसँग तथ्यांक माग्ने स्पष्ट अधिकार छ । मस्कले ट्विटरकोे व्यापारको नमुना पूर्ण रूपमा बुझ्नु जरुरी छ ।”

तर विश्लेषकहरूले भने मस्कले ट्विटरको मूल्यमाथि पुनः वार्ता गर्नका लागि स्पाम खाताको विषयलाई प्रयोग गरिरहेको बताउँछन् । बीबीसी



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNews
Comments (0)
Add Comment