‘सोमवारे औसी’

१६ जेठ, काठमाडौं । सोमवार र अमावास्या तिथि जुटेको दिनलाई ‘सोमवती अमावास्या’ वा ‘सोमवारे औसी’ भन्दछन्। सोमवती अमावास्यालाई धर्मशास्त्रमा पुण्यकार्य गर्ने विशेष दिनका रूपमा लिडएको छ।

अमावास्या तु सोमेन सप्तमी भानुना सह ।
चतुर्थी भूमिपुत्रेण सोमपुत्रेण चाष्मी ॥।

चतस्स्तिथयस्वेता सूर्यग्रहणसन्रिभा ।
स्नानं दानं तथा श्राद्ध सर्व त्राक्षयं भवेत ।।

सोमवारका दिन आँसी, आइतवार सप्तरमी, मंगलवार चौथी, बुधवार अष्टमी तिथि परेमा ती तिथिहरू ग्रहणसमान फल दिने
हुन्छन्। यी तिथिहरूमा गरिएका स्नान, दान एवं श्राद्ध अक्षयफल दिने खालका, अत्यन्त पुप्यफलदायक हुन्छन् भनिएको हुनाले सोमवारे औसीलाई अत्यन्त पुण्यदायक मानिएको हो।

प्रातरूत्थाय व्रतिना स्नानं कार्य जलाशये।
स्नात्वा मौनेन कौशेयं परिधाय व्रती ततत/।

सोमवारे औंसीमा बिहानै उठेर नबोली नुहाउनाले एक हजार गाई दान गरेकोबराबर फल मिल्दछ भनी धर्मशास्त्रमा उल्लेख
गरिएको छ। यसर्थ अमावास्या र सोमवारको योग अन्य तिथि – वारको योगभन्दा विशेष महत्त्वपूर्ण मानिन्छ।

सोमवारे औसी को दिन पीपलका वृक्षको फेदमा लक्ष्मीसहित भगवान विष्णु आएर बस्नूहुने हुनाले यस दिन पीपलका फेदमा
विष्णुलक्ष्मीको पूजा गर्नुपर्दछ। यसका साथे पीपलको पूजा गरी दीपदान र पीपलका जरामा जलदानसमेत गर्नुपर्दछ। यसरी पूजा,
दीपदान र जलदान गरिसकेपछि यथास्भव १०০८ पटक, नभए १०८ पटक वा ५४ पटक वा २८ पटक वा १० पटक वा कम्तीमा
चार पटक प्रदक्षिणा गर्नुपर्दछ। यसो गर्नालि जन्मजन्मान्तरदेखिका समस्त पाप नास भडई ग्रहबाधा समेत समाप्त हुन्छन् र सुख,
शान्ति एवं समृद्धि प्राप्त हन्छ भनी शास्त्रहरुमा बताइएको छ।

पीपलको फेदमा गई पूजा गर्दा प्राराम्भमा यसरी संकल्प गर्नुपर्दछ –

पूर्व संकल्प सिद्विरस्ु . गोत्रोत्पन .. शर्मा / वर्मा / गुप्त / देवी अहं अस्यां सोमवत्यमायां सकलपापक्षयपूर्वकं
पुत्रपौत्राद्यभिवृषध्यर्थ जन्मजन्मन्यवैधव्य- सन्ति-चिरजीविन-सौभाग्यप्राप्तिकामोऽहमश्षत्थमूले लक्ष्मीसहितविष्णुपूर्जां
तदड़तया दीप-कलश-गणेशपूजनपूर्वकं विहितमश्वत्थपूजनञ्ञ करिष्ये।

यसपछि विधिपूर्वक दीप – कलश-गणेशको पूजा गरी पीपलका फेदमा विष्णु लक्ष्मीको षोडषोपचारले पूजा गर्नु पर्दछ। त्यसपछि
पीपलको पनि पूजा गरी विशेष दीपदान गरेर प्रदक्षिणा गर्नुपर्दछ। धागो पनि श०८ पटक बेन्नुपर्दछ। त्यसपछि आरति, पुष्पाञ्ञलि गरेर कर्म समापन गर्नुपर्छ।

ॐ मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे।
अग्रतः शिवसरूपाय अश्वत्थाय नमो नमः। ।

यो मन्त्र उच्चारण गरी पीपल १ -१ फल अर्पण गर्द १००८ पटक वा सकेजति प्रदक्षिणा गर्नुपर्दछ।
यसप्रकारले १२ वर्षसम्म वा त्यति नसक्दा कम्तीमा १२ वटा सोमवारे औसीका व्रत बसी उद्यापन गर्ने विधान छ।

nepalipatro



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment