स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको आरोप

१२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।

संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसकेको बताए । उनले अघि भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment