इब्राहिमोविच आठ महिना मैदान बाहिर

११ जेठ, एजेन्सी । इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच करिब आठ महिना मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटको शल्यक्रिया गरेपछि इब्राहिमोविच आठ महिना मैदान बाहिर रहने भएका हुन् ।

सिरी ए च्याम्पियन मिलानले एक विज्ञप्ति निकाल्दै इब्राहिमोविच ७ देखि ८ महिना मैदान बाहिर रहने जनाएको छ ।

उनको बायाँ घुँडाको चोटको सफल शल्यक्रिया गरिएको मिलानले जनाएको छ ।

स्विडेनका ४० वर्षीय स्ट्राइकरले मिलानलाई यस सिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment