थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क

११ जेठ, ललितपुर । थाइराइड भएका बिरामीहरुका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

विश्व थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाइ लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पताललको प्राङगणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाइ गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरुमा भारी छुट गरिएको अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए ।

शिबिर गर्नुअघि थाइराइड दिवसका अबसरमा अल्का अस्पतालले जनचेतनामुलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुदैँ पुन जावलाखेल आएर सकिएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment