मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार

१० जेठ, काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ। यसअघि पहिलो कारोबार दिन (सोमबार) उच्च अंकले घटेको सेयर बजार मंगलबार भने लयमा फर्किएको हो।

मंगलबार सेयर बजार परिसूचक (नेप्से) १६.३२ अंकले बढेर २२१७.१९ विन्दुमा पुग्यो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि मंगलबार ३.६२ अंकले बढेर ४३२.६७ विन्दुमा पुग्यो।

मंगलबार कूल २१ हजार ७०९ वटा कारोबार हुँदा ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ। यस दिन सेयर बजारमा १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार व्यापार र म्यूचअफ फण्डबाहेक सबै समूहको उपसूचक बढेको छ। मंगलबार सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढ्यो।

मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ३१६ रुपैयाँ पुगेको छ। माथिल्लो तामाकोशीको सेयरमूल्य ५.५८ प्रतिशतले बढेर प्रतिकित्ता ५०८ रुपैयाँ पुगेको छ।

मंगलबार विजय लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, नारायणी विकास बैंकसहितका कम्पनीको भने सेयर मूल्य बढ्दा कर्पोरेट विकास बैंकको सेयरमूल्यमा भने नेगेटिभ सर्किट लाग्यो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment