कोरोना, मङ्कीपक्स र युक्रेन युद्ध संसारका लागि कठिन चुनौती : डब्ल्यूएचओले

०९ जेठ, काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले विश्व यतिबेला कठिन चुनौतीसँग जुधिरहेको बताएका छन् । हाल विश्वले कोरोना, मङ्कीपक्स र युक्रेनमा जारी युद्धको सामना गरिरहेकोले यो कठिन समय भएको उनले बताएका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरूसँगको छलफलका क्रममा डा. टेड्रोस एडनम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिकाबाहिर विश्वका १५ देशमा फैलिएको मङ्कीपक्सबारे छलफल गर्न भेला भएका थिए ।

हालसम्म युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी मङ्कीपक्सको पुष्टि भइसकेको छ ।

आइतबार वार्ताको शुरुवातमा डब्ल्यूएचओ प्रमुखले भने, ‘अवश्य पनि विश्वमा कोरोना महामारी मात्रै संकट होइन ।’



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalPolitic
Comments (0)
Add Comment