काठमाडौं महानगर मतगणना : बालेनकाे अग्रता कायम, सिंह र स्थापित पछ्याउँदै

०९ जेठ, काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ४२ हजार ९०२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले २४ हजार ८६७ मत ल्याउँदै दास्रो स्थानमा छिन् । त्यस्तै नेकपा एकालेका स्थापितले २३ हजार ९८५ मत प्राप्त गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment