जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

०८ जेठ, जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका–६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ ।

कनकासुन्दरी–६ का बिरामी दलवीरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स सडकबाट १५र२० मिटर तल खसेको छ । दुर्घटना भएको एम्बुलेन्स कनकासुन्दरी गाउँपालिकाको हो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarPolitic
Comments (0)
Add Comment