चेन्नईलाई हराउँदै राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश

०७ जेठ, एजेन्सी । राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

मुम्बईमा शुक्रबार राति चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान प्ले अफमा पुगेको हो । राजस्थान सन् २०१८ पछि पहिलो पटक प्ले अफमा पुगेको हो । चेन्नईले दिएको १ सय ५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । यस जितसँगै राजस्थानले १४ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । राजस्थानले शीर्ष दुई समेत पक्का गरेको छ । अब राजस्थानले पहिलो क्वालिफायर खेल खेल्नेछ ।

चेन्नई १४ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको छ । चेन्नई यस अघि नै प्ले अफ होडबाट बाहिरिसकेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment