नेपाल र युगाण्डाबीचको चौथो खेल आज, नेपाललाई पहिलो जितको दवाब

०६ जेठ, काठमाडौँ । नेपाल र युगाण्डाबीच जारी पाँच खेलको टी-२० सिरिजमा युगाण्डाले लगातार तीन खेल जित्दै सिरिज जितिसकेको छ ।

आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा चौथो खेल हुँदैछ। घरेलु मैदानमा लगातार तीन खेलको पराजय पछि नेपाली टोली जितको दवाबमा मैदान उत्रने छ।

खेल दिउँसो १ बजे सुरु हुनेछ। नेपाली टोलीको फितलो प्रदर्शनलाई लिएर बिहीवारको पराजयपछि नेपाली टोलीकी कप्तान रुबिना क्षेत्रीले अपेक्षा अनुरुप ब्याटिङ र बलिङ नचल्दा पराजय ब्यहोर्नुपरेको बताएकी थिइन्। उनले फिटनेस र फिल्डिङमा कमजोरी रहेको बताउँदै कमजोरी सुधार्ने बताएकी थिइन्।

नेपाली टोलीले पहिलो खेलमा १२ रन, दोस्रो खेलमा १ विकेट र तेस्रो खेलमा ६ विकेटको हार ब्यहोरेको थियो। विहीवारको खेलमा वर्षादका कारण केहीबेर प्रभावित भएकोमा आजको खेल पनि प्रभावित हुनसक्ने देखिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment