अन्तरघातले थला परेका नेपालका राजनैतिक दलहरु

याेगेन्द्र खरेल

०५ जेठ, लिस्बाेन पाेर्चुगल ।
नेपालमा संघियता लागु भईसके पछिकाे दाेस्राे स्थानीय तहकाे निर्वाचन सम्पन्न भई नतिजाकाे अवस्थाले पनि लगभग आकार लिईसकेकाे छ l धेरै जसाे स्थानीय निकायहरुमा पार्टी भित्र नै अन्तरघात भएकाे र हार बेहाेर्नु परेकाे भन्ने ब्यापक गुनासाेहरु सुनिएका छन्  l अहिलेकाे राजनितिक दलहरु भित्र हेर्दा अन्तरघातकाे राेगले क्यान्सर कै रुप लिएकाे छ र दिन दुई गुणा रात चाै गुणाकाे दरमा फैलिरहेकाे छ l याे पारदर्शी राजनितिक परिपाटी चाहने हरेक नागरिकहरुकाे लागि गम्भिर चिन्ताकाे बिषय हाे र हुनुपर्दछ l

नेपाली समाजमा अझै पनि अधिकांश मतदाताहरु स्वतन्त्र नभई पार्टीका कार्यकर्ताहरु छन l जब स्वतन्त्र मतदाताहरु नै छैनन् तब अपवादमा बाहेक स्वतन्त्र र उपयुक्त ब्यक्ति नेतृत्वमा आउने सम्भावना रहदैन l त्यसैले जाे जसले राजनितिक शुद्धिकरणका कुरा गर्छन तिनिहरुले पहिले मतदाता शुद्धिकरणका बिषयमा काम गर्नुपर्दछ l पार्टीका संगठित क्रियाशील सदस्यहरु बाहेक अरुलाई स्वतन्त्र राख्न सक्याै  भनेपनि मात्र राजनितिक शुद्धिकरण सम्भव हुनसक्दछ l जव मतदाताहरु नै स्वतन्त्र हुन्छन तब पार्टी भित्र हुने अन्तरघातकाे प्रभाब निर्बाचन परिणाम मा देखापर्ने सम्भावना कम हुन्छl

अर्काे कुरा राजनितिक दलहरुले उम्मेदवार छनाेट गर्ने गलत प्रबृत्तिकाे कारण पनि अन्तरघात हुने गर्दछ l जनताले चाँहेकाे जनताकाे प्रिय भन्दा पनि नेताले चाँहेकाे नेताकाे प्रिय मान्छेलाई उम्मेदवारकाे रुपमा पठाउदा कार्यकर्ताहरु नै असन्तुष्ट हुने र अन्तरघातकाे बिजाराेपण हुने गर्दछl त्यसैले अन्तरघातकाे अन्त्यकाे लागी उम्मेदवारहरुकाे छनाेट पारदर्शी हुनु जरुरी छ l यसकाे लागि सम्बन्धित तहका संगठित सक्रिय सदस्यहरुबाट निर्बाचन बिधि मार्फत उम्मेदवार छनाेट गर्ने प्रकृया अपनाउन सकेमा कार्यकर्ताहरुमा असन्तुष्टि कम भई अन्तरघातकाे सम्भावना न्युन हुन्थ्याे  l

एजेन्डाकाे  लागी भन्दा पनि व्यक्तिबिशेषकाे लागि पार्टी भित्रकाे ध्रुबिकरण राजनितिकाे नराम्राे राेग हाे l पार्टी भित्र हुने गुटउपगुटहरुले पनि राजनितिक दलहरुलाई कुरुप बनाईरहेका छन l पार्टी भित्र बिभिन्न गुटउपगुट बनाउने र दाई, बा, काका भनेर हुदै नभएकाे नाता लगाउदै चाप्लुसी गर्ने र लाभ लिने प्रबृत्तिकाे कारण पनि निर्बाचनमा अन्तरघातकाे शिकार हुनुपरेकाे  l याे प्रबृत्ति अन्त्यकाे लागी स्थानिय स्तरका नेताकार्यकर्ता केन्द्रमा नगई केन्द्रिय नेताहरु स्थानिय स्तरमा धाउने परिपाटिकाे बिकाश गरिनु पर्दछ l

अहिले राजनितिक दलका अधिकांश  नेता तथा कार्यकर्ताहरु राजनितिलाई सेवा हाेईन पेसाकाे रुपमा लिन थालेका छन l सेवा भने पछि त्यस भित्र स्वार्थ लुकेकाे हुने थिएन तर जब पेसा कै रुपमा लिईन्छ तब स्वार्थ लुक्नु स्वभाबिक हुन आउछ l जब स्वार्थकाे भारि बाेकेर राजनितिमा छिर्छ तब उसकाे लागि संगठन, कार्यकर्ता, जनता गण हुन्छन भने पद, पैसा र प्रतिष्ठा प्राथमिकतामा पर्दछन l यसरी पद पैसा र प्रतिष्ठाकाे लाेभमा चुर्लुम्म डुबेकाे मान्छेले जब यि कुराहरु पाउन सक्दैन तब पार्टी भित्र अन्तरघात शुरु गर्दछ l मै हुनु पर्छ, मैले नै पाउनु पर्दछ भन्ने प्रबृत्ति हाबी भएकाे मान्छेले कुनै बेला पनि पार्टीकाे हित बिपरीत काम गर्न सक्दछ । अन्तर्धात गर्न सक्दछ त्यति मात्र नभएर अन्तत: लाेभकाे भाँडाे भरिने आशामा पार्टी नै परिवर्तन गर्दछ l         जब हामी स्वतन्त्र हुनुहुन्छ तब मात्र हामि मतदान गर्न पनि स्वतन्त्र हुन्छाै l तर जबसम्म हामि  पार्टीका कार्यकर्ता बन्छाै तबसम्म  हामी मतदान गर्न स्वतन्त्र हुदैनाै । उम्मेदवार प्रति असन्तुष्ट भए पनि पार्टी भित्र ति असन्तुष्टिहरुलाई छलफल गर्दै आफ्नै उम्मेदवारलाई मतदान गर्नु हाम्राे कर्तब्य हुन आउछ l

अहिले राजनितिक दलहरुमा अराजकता  छ l लाेभी पापिहरुका झुन्डले पार्टीहरु कब्जा गरिसकेका छन । म भए सबै ठिक म नभए सबै बेठिक भन्ने प्रबृत्ति हाबी भएकाे छ l त्यसैले सबै पार्टीहरु याे राेगकाे दलदलमा फसेका छन् l बेलैमा हाेस नपुर्याउने हाे भने यसले राजनितिक दलहरुलाई उठ्नै नसक्ने गरि थला पार्नेछ । याे लाेकतान्त्रिक मुलुककाे लागि राम्राे संकेत हुदै हाेईन l यसकाे लागि स्वतन्त्र मतदाता निर्माण गरि यसै मार्फत पार्टीका नेता कार्यकर्ताहरुलाई अनुशासित, संयम र उत्तरदायी बनाउन सकिन्छ अन्यथा पशुपतिनाथले हामि सबैकाे रछ्या गरुन भन्नु सिवाय अरु के नै छ र l  

जय देश जय नेपाल 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment