रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

०४ जेठ, काठमाडाैँ । रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आज (जेठ ४ गते) कार्यालय समयभित्र आईपीओमा आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ । जारी सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

रिभर फल्स पावर कम्पनीले यसअघि चैत २७ देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट १८ करोड ६ लाख १५ हजार रूपैयाँ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७।७८ सम्म वास्तविक प्रतिसेयर नेटवर्थ ८७.९८ रुपैयाँ रहेको छ ।

हाल ३५ करोड ७० लाख चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पूँजी ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा बासिन्दालाई १० प्रतिशत सेयर बिक्री गरेको छ भने सर्वसाधारणमा ३९ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । संस्थापक तर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।

कति पर्यो आवेदन ?

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंगलबार साँझ ५ बजेसम्म आईपीओमा १५ लाख १७ हजार २८ आवेदकबाट १ अर्ब ७५ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ९२ हजार ९२० कित्ता सेयर माग भएको हो । मंगलबारसम्म परेको आवेदन सर्वसाधारणबाट खरीद मागभन्दा ६।९३ गुणाले बढी हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment