आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि बालेन शाहको विरोध

३१ बैशाख, काठमाडाैँ । निर्वाचन आयोगले सबै स्वतन्त्र उम्मेदवारका प्रतिनिधि राखेर मतगणना गर्न नसकिने भनेपछि काठमाडौं महानगरमा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले विरोध जनाएका छन्।

आयोगले ५ स्वतन्त्र उम्मेदवार बराबर एक जनामात्र प्रतिनिधि राख्न दिने र स्वतन्त्रबीचमा सहमति बनाएर नाम दिन भनेपछि शाहले विरोध जनाएका हुन्।

उनले सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएकोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिँदैछ भनेर सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewspolicePolitic
Comments (0)
Add Comment