युनाइटेडको नयाँ प्रशिक्षक इरिकको पहिलो रणनितिक बैठक एम्स्टरड्याममा

३० बैशाख, काठमाडौं । म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेको इरिक टेन हागले पहिलो पटक नयाँ योजनाका लागि क्लबसँग बैठक गरेका छन ।

उनले नेदरल्याण्ड्सको एम्स्टरड्याममा सो बैठक गरेका हुन । जसमा क्लबका पदाधिकारीका साथै इरिकको सहायक प्रशिक्षकका रुपमा रहने स्टिभ म्याक्लारेनपनि सहभागि थिए ।

बुधबार राति आयाक्सलाई लिग च्याम्पियन बनाएका इरिकले यो सिजनसकिएपछि युनाइटेडको नयाँ जिम्मेवारी सम्हाल्नेछन । जसका लागि उनी नयाँ सिजनको योजनामा कुनैपनि ढिलाई गर्न चाहदैनन् । त्यसैले खाली हुने बितिक्के उनले बैठक राखेका छन ।

सो बैठकमा डच प्रशिक्षक इरिकले रणनितिक कुरापनि गरेको बताइएको छ । जसमा उनको सहायकका रुपमा रहने टिमका साथै नयाँ खेलाडी अनुबन्धको कुरा पनि गरेका थिए । जसमा बार्सिलोनाका मिडफिल्डर फ्रेंकी डी जोङलाई ल्याउने कुरापनि भएको छ

हाल पुर्णकालिन प्रशिक्षक बिना नै रहेको युनाइेटडबाट सर एलेक्स फर्गुसनले सन्यास लिएपछि पाँच वटा प्रशिक्षक परिवर्तन गरेको छ । तर अहिलेसम्म राम्रो सफलता हात पार्न सकेको छैन ।

इरिकले युनाइटेडलाई सम्हालेपछि उनको प्रशिक्षणमा टिमले नयाँ उचाई लिने विश्वास गरिएको छ । तर कतिपय फुटबल विश्लेषकले इरिकलाई युनाइटेडको प्रशिक्षकमा ल्याउनु मुर्खता भएको पनि बताएका छन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment