सफा हिमाल अभियानको टोलीद्वारा सगरमाथा र ल्होत्सेको सफलतापूर्वक आरोहण

२९ बैशाख, काठमाडाैँ । ‘सफा हिमाल अभियान २०२२’ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ।

‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाइ तथा मौसम पूर्वानुमानलाई मध्यनजर गरि नेपाली सेनाका सदस्यहरुले उक्त हिमालहरु बिहीबार बिहान सात बजेर ५२ मिनेटमा आरोहण गरेको हो।

नेपाली सेनाका सह सेनानी गणेश कार्की र अमल्दार देवी प्रसाद न्यौपानेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले जनाएको छ।

नेपाली सेनाका सह सेनानी जितेन्द्र कार्की, सिपाही खिमलाल वली र सिपाही कविराम घर्तीले बिहीबार बिहान ६ बजेर ४ मिनेटमा ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको नेपाली सेनाले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment